काठमाडौँ, फाल्गुण १८ । काठमाडौँ महानगरपालिकाका कवाडी व्यवसायीहरू आन्दोलित भएका छन् । कवाडी व्यवसायी समाजको अगुवाईमा शुक्रबार महानरपालिकाविरुद्ध विरोध प्रदर्शनमा उत्रिएका हुन् । महानगरपालिकाले कवाडी व्यवसायीहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका छन् ।
थापाथली, त्रिपुरेश्वर हुँदै काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि पुग्नेगरी महानगरको निर्णयविरुद्ध कवाडी संघ एवम् व्यवसायी र संकलनकर्ताहरुले जुलुससहित विरोध आन्दोलन गरेका छन् ।




