काठमाडौं,१५ फागुन । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले टेरामक्स प्रकरणको छानबि अन्तिम चरणमा पुगेको बताएका छन् ।
मंगलबार संसद्को सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै राईले उक्त प्रकरणको छानबिन कार्य अन्तिम चरणमा पुगिसकेको र छिट्टै विशेष अदालतमा मुद्दा दर्ता तयारी भईरहेको जानकारी दिएका छन् । उनले भने, ‘अनुसन्धान करिव–करिव अन्तिम अवस्थामा पुगेको जानकारी गराउन चाहन्छु । केही समयभित्रै रिजल्ट आउनसक्छ ।’
त्यस्तै प्रमुख आयुक्त राईले तत्काली सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा जोडिएको ७० करोडको प्रकरणमा पनि छानबिन भईरहेको जानकारी गराए । उनले आरोप प्रमाणीत नभएसम्म कसैलाई पनि मुद्दा दायर नगरिने प्रष्ट पारेका छन् ।
सेक्युरिटि प्रेस प्रिन्टिङ प्रकरणमा मन्त्री बाँस्कोटाले ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीनामा दिएका थिए । ‘सेक्युरिटी प्रेसको अनुसन्धान भइरहेको छ, यो एउटा टेपको विषय थियो’ अख्तियार प्रमुख राईले भने, ‘हामीले छानबिन गरिरहेको छौं । पोख्न प्रमाण नभएसम्म हामीले कसैलाई पनि दोष ठहर्याएर ९मुद्दा० लैजान हुँदैन ।’




