काठमाडौँ, १४ फागुन । मोरङ प्रहरी प्रमुख भएर आएका नयाँ एसपी नवराज कार्कीले जिल्लामा सादा पोसाकमा परिचालन हुने घुमुवा प्रहरी नराख्ने भएका छन् । विराटनगरमा आज संसारकर्मीहरूसँगको एक कार्यक्रममा उनले तत्काललाई सादा पोसाकका प्रहरी नराख्ने बताएका हुन् ।
सूचना संकलनका लागि भनेर यसअघिका एसपी दीपक पोखरेलले परिचालन गरेको पाँच जना सादा पोसाकका प्रहरीलाई कार्कीले फिर्ता बोलाएर उनीहरूको दरबन्दी रहेको जिल्लामै सरुवा गरिदिएका छन् ।




