नेपाली उत्पादन नबिकेर सडकमा पोख्दै गर्दा अर्ब ३३ करोडको दूध भित्रियो

`

     २०८० फाल्गुन ११ गते ३:२६

काठमाडौं, ११ फाल्गुन । यही फागुन ६ गते चितवनका किसान दूध बिक्री नहुँदा सडकमा पोख्न बाध्य भए ।

उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूध तथा दुग्धजन्य पदार्थको रकम भुक्तानी नपाएको भन्दै किसानले दूध सडकमै पोखेर विरोध जनाए । त्यसा त केन्द्रीय दुग्ध उत्पादक सहकारी संघ आह्वानमा देशभरि दूध किसान आन्दोलित नै छन् ।

देशभरका किसानले दूध बिक्री गरेको ६ अर्बभन्दा धेरै रकम पाएका छैनन् । जसमध्ये सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी) ले तिर्नुपर्ने मात्रै दुई अर्बभन्दा बढी रहेको राष्ट्रिय दुग्ध किसान सहकारी संघ लिमिटेडले जनाएको छ ।

देशमै उत्पादित दूधले बजार नपाएको र बिक्री भएको दूधको पैसा नपाएर आन्दोलन गरिहँदा अर्बौँको दूध भित्रिरहेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष ०८०/८१ को ६ महिनामा १ अर्ब ३३ करोड ३९ लाख रुपैयाँ बराबरको दूध तथा दूधजन्य पदार्थ आयात भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?