एमालेले आज पनि माग्यो तीन मन्त्रीको राजीनामा

`

     २०८० फाल्गुन ११ गते ११:४९

काठमाडौं, फाल्गुण ११ । नेकपा एमालेले ३ जना मन्त्रीको राजीनामा माग गरेका छन ।

प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबारको प्रतिनिधि सभा बैठकमा सरकारका मन्त्रीहरु बिभिन्न काण्डमा मुछिएको भन्दै तीनजना मन्त्रीको माग गरेको हो ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराईले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहन बस्नेत र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका हुन् ।

सांसद भट्टराईले बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्य मन्त्री बस्नेतलाई सरकारबाट हटाउन उनले माग गरेका छन् ।

त्यस्तै एमालेले भगवान गौतम बुद्धको एक मात्र अस्तु भएको रामग्राम निजी कम्पनिलाई ९९ बर्षका लागि भाडामा दिने निर्णय पर्यटनमन्त्री किँरातीको नेतृत्वमा रहेको समितिले गरेको भन्दै राजीनामा माग गरेका छन् । एमालेले यस अघि विहिबारको बैठकमा पनि तीन मन्त्रीको राजीनामाको माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?