काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारको सफलता असफलतासँग कांग्रेसको छवि गाँसिएको बताएका छन् । महामन्त्री शर्माले पार्टीको महासमिति बैठकमा पेश गरेको समसामयिक राजनैतिक प्रस्तावमा उनले कांग्रेका केही मन्त्रीहरुको भूमिका सन्तोषजनक नरहेको भन्दै उनले यस्तो बताएका हुन् ।
वर्तमान सरकारको सफलता असफलतासँग कांग्रेसको पनि छवि गाँसिएको छ । सरकारले गर्ने राम्रा कामको जस लिन नसक्ने तर अपजसहरुको भारी बोक्नुपर्ने रु भन्ने प्रश्न र असन्तुष्टि कांग्रेस पार्टी पंक्तिमा देखिन्छ । पुरै पाँच बर्ष यो गठबन्धन कायम रहनुपर्छ भन्ने हाम्रो निर्णय एकातर्फ छ ।’ उनले राजनीतिक प्रस्तावमा भनेका छन्, ‘तर, अर्कोतर्फ छ नागरिकको अपेक्षा अनुरुप सरकारको गति प्रभावकारी ढंगले अघि बढ्न नसकेको यथार्थ छ । कांग्रेसका केहि मन्त्रीको कार्यसम्पादन संतोषजनक निश्चयनै छ । तर, केहि मन्त्रीको भुमिका मन्त्रीका रुपमा प्रभावकारी विल्कुलै देखिएको छैन ।’




