काठमाडौँ, फाल्गुण ७ । पर्वतमा पहिलोपटक व्यावसायिकरुपमा स्याउखेती सुरु गरिएको छ । जिल्लाको मोदी गाउँपालिका वडा नं ४ क्याङका छमबहादुर शेरपुजा ‘लाल’ ले गत वर्षदेखि व्यावसायिकरुपमा स्याउखेती सुरु गरेका हुन् ।
स्थानीय फलाटे र एकगैरेमा रहेको आफ्नो पाँच रोपनी जग्गामा एक सय वटा बिरुवा लगाएर स्याउखेती सुरु गरेका हुन्।
२८ वर्ष लामो समय भारतीय सेनामा बिताएका शेरपुजाले अवकाशपछि गाउँमा खाली रहेको जग्गा सदुपयोग गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक स्याउखेती सुरु गरेको बताए ।




