सुरुभयो ६ दशकपछि नेपालमै हुलाक टिकट छाप्ने काम

`

     २०८० फाल्गुन ०४ गते ५:५४

काठमाडौँ, ४ फाल्गुन । करिब ६ दशकपछि नेपालमै हुलाक टिकट छाप्ने काम सुरु गरिएको छ । जनक शिक्षा सामग्री लिमिटेडसँग समन्वय गरेर हुलाक सेवा विभागले टिकट छपाइको काम थालेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ११ अलगअलग डिजाइनका हुलाक टिकटमा टाँचा मारेर छपाइको काम सुरु गरेकबा थिए । विभागका अनुसार ६४ वर्षपछि पहिलोपटक नेपालमा हुलाक टिकट छाप्न थालिएको हो ।

प्रचलित खरिद कानुनअनुसार जनक शिक्षा सामग्रीसँग समन्वयमा विभागले छपाइको काम गरेको हो । विगतमा भारत, बंगलादेश र लातभियासँग टिकट खरिद गरिँदै आइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?