अर्थ समितिले भन्सार कार्यालयहरूको अनुगमन गर्ने

`

     २०८० फाल्गुन ०३ गते ४:०८

काठमाडौं, फागुन ३ । संसदको अर्थ समितिले मुख्य–मुख्य भन्सार कार्यालयहरूको अनुगमन गर्ने भएको छ।

बिहीबार बसेको समितिको बैठकले एक उपसमिति बनाएर मुख्य–मुख्य भन्सार कार्यालय अनुगमन गर्ने निर्णय गरेको हो।

समिति सदस्यहरूले राजस्व वृद्धिदर घट्नुमा भन्सार चुहावट निकै बढेको तथा भन्सारमा अधिक न्यून विजीकरण (वास्तविक लागतभन्दा कम देखाएर सामान भित्र्याइने काम) भएको भन्दै अनुगमन गर्नुपर्ने बताएका थिए।

भन्सार प्रशासनले प्रविधिको अभावले कतिपय समस्याहरू देखिए पनि गुनासो बढेपछि समितिले उपसमिति गठन गरेर अनुगमन गर्ने निर्णय लिएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?