काठमाडौँ, फाल्गुण १ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वास्थ्य बीमा महानगरवासीका लागि उपहार दिए बराबर भएको बताएका छन् ।
आज यल स्वास्थ्य सेवा केन्द्रको उद्घाटन समारोहमा उनले नेपालकै उत्कृष्ट अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यले नागरिकलाई उत्कृष्ट सेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले भने, “पाटन अस्पतालसँगको सहकार्यले कोभिडको समयमा उत्कृष्ट काम गर्न सक्यौँ, अब मुलुकै लागि उदाहरणीय बन्ने गरी स्वास्थ बीमामार्फत उपचार सेवाको काम अगाडि बढ्ने छ भन्ने विश्वास छ, अबको विकास भनेको स्वास्थ्य र शिक्षा नै हो, स्वास्थ्य बीमा महानगरवासीलाई उपहार दिए बराबर हो, विसं २०७२ मा सुरु भएको यो कार्यक्रम सञ्चालन गर्न ढिला हुनपुग्यो ।”




