काठमाडौं, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले सहकारी ठगी गर्ने र सहकारी ठगीका लागि मतियारको काम गर्नेलाई सरकारले कानुनी कारबाही नगरेको भन्दै संसद्मा आक्रोश ब्यक्त गरेका छन् ।
जुनसुकै दल सँग जोडिएको भएपनि र जतिसुकै शक्तिशाली भएपनि कानुन विपरीत काम गर्नेलाई कारबाही हुनुपर्ने उनको भनाइ छ । रवि लामिछानेलाई लक्षित गर्दै नेता थापाले ठगीको धन्दाको मतियार बनेकाहरुलाई कारबाही हुनुपर्ने बताए ।
‘जुनसुकै ताकत भएको होस्, आम नागरिकले निक्षप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ, ठगीको धन्दाको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउन पर्दैन ? कानुनले कारबाही गर्न पर्दैन र?’ उनले प्रश्न गरे ।




