काठमाडौं, माघ २४ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रतिनिधि सभाको शून्य समयको औचित्यबारे प्रश्न उठाएका छन् ।
आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा पूर्वमन्त्री बास्कोटाले आफ्नो गृहजिल्ला काभ्रेका किसानहरुले बेचेको दूधको मूल्य नपाएको र त्यहाँको बाटो पिच नभएको गुनासो गरेका थिए ।
‘नबोले पनि हुन्थ्यो । बोल्न किन पर्यो भने मन्त्रीहरु यहाँ छेउँछाउँमा आएर बस्नुहुन्छ,’ भन्दै बोल्न सुरु गरेका बास्कोटाले जनप्रतिनिधिको आवाज सरकारले नसुनेकाले ‘शून्य समयको के भ्यालु’ भनेर प्रश्न गरे ।




