अब सांसदहरुको विद्युतीय हाजिरी

`

     २०८० माघ २२ गते ४:५१

काठमाडौँ, २२ माघ । अबदेखि संसद्‌मा उपस्थित हुने सांसदहरुको विद्युतीय हाजिरी हुने र दैनिक सार्वजनिक गरिने भएको छ ।

सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले तेस्रो अधिवेशनदेखि प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू गर्ने निर्णय अनुसार उक्त व्यवस्था गर्ने निर्णय गरेको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठकको कार्यतालिका लागू भएपछि बैठकमा सांसदहरुको उपस्थिति र सहभागिता सहज हुने अपेक्षा गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?