एमाले संसदीय दलको बैठक बस्दै

`

     २०८० माघ १९ गते ११:१४

काठमाडौँ, १९ माघ । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टी संसदीय दलको बैठक बोलाएका छन् । एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार शनिवार र आइतबार दुई दिनका लागि दलको बैठक बोलाइएको हो ।

‘शनिवार १२ बजेबाट संसद् भवनमा दलको बैठक बोलाइएको छ । बैठक आइतबार पनि बस्नेछ’, गिरीको भनाइ छ । बैठकमा अध्यक्ष ओलीले पछिल्लो राजनीतिक अवस्थाका साथै एमाले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?