खप्तडमा तीन फिटसम्म हिमपात

`

     २०८० माघ १८ गते ११:५२

काठमाडौं, माघ १८ । सुदूरपश्चिमका पहाडका हिमाली भू–भागमा हिमपात सुरु भएको छ। गएरातिदेखि खप्तड क्षेत्रमा तीन फिट हिउँ परेको छ । खप्तड पर्यटन विकास समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काले खप्तड क्षेत्रमा तीन फिटसम्म हिउँ जमेको बताए।

उनले खप्तडको बगलेख र झिग्रानासम्म समेत हिउँ परेको बताए। सुदूरपश्चिमका पहाडी जिल्लाहरू बाजुरा, बझाङ, बैतडी, डडेल्धुराका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात सुरु भएको हो। त्यस्तै, बैतडी, डडेल्धुरा र डोटी लगायतका जिल्लामा विहानैदेखि बर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?