काठमाडौँ, १५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोसल मिडियाले नकारात्मक प्रभाव जमाइरहेको बताएका छन् । उनले सोसल मिडिया स्थिरता र शान्ति विरोधी कामका लागि प्रयोग भइरहेको समेत बताए । त्यसका लागि एउटा तप्का लागिपरेको समेत प्रधानमन्त्री बताए ।
सोमबार माओवादी केन्द्र निकट पत्रकारहरूको सङ्गठन प्रेस सेन्टर नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सोसल मिडियाका नकारात्मक गतिविधिलाई प्रतिवाद गर्न जरुरी रहेको बताए । प्रधानमन्त्रीले भने, ‘हामीबाट त्यस्ता तत्त्वको प्रतिवाद भइरहेको छैन । अझै पुगेको छैन यसका लागि प्रेस सेन्टर अलि लाग्नुपर्छ ।’




