भारतीय दुतावासले मनायो ७५औं गणतन्त्र दिवस

`

     २०८० माघ १२ गते १२:१९

काठमाडौँ, माघ १२ । काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७५औं गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रमको शुभारम्भ गरेका छन्।

कार्यक्रममा भारतका राष्ट्रपति श्रीमती द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन प्रसारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?