कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतगणना साढे ३ बजेदेखि सुरु हुने

`

     २०८० माघ ११ गते ३:४१

काठमाडौँ, माघ ११ । कोशी प्रदेशमा भर्खरै सकिएको मतदानको मतगणना अबको आधा घण्टापछि हुने भएको छ ।

बिहान ९ बजेदेखि सुरु भएको कोशी प्रदेश राष्ट्रियसभा निर्वाचनमा ३ जना स्थानीय तहका प्रतिनिधि बाहेक सबैले मतदान गरेका छन् ।

मतदान नगर्नेहरुमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ, मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार मतदानमा अनुपस्थित भए ।

यस्तै झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह निलम्बित छन् । उनलाई यसअघि नै भ्रष्टाचारको मुद्दा लागेको छ ।

प्रदेशसभामा रहेका ९३ जना नै प्रदेशसभा सांसदले मतदान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?