काठमाडौं, माघ ९ । पुष्पलाल (मध्यपहाडी)लोकमार्ग पुनः रेखांकन गर्न नेकपा (एमाले) ले माग गरेको छ। मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ७५१ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै मध्यपहाडी लोकमार्ग पुनः रेखाङ्कनको माग गरेको हो।
लोकमार्गको इञ्जिनियरिङ, अलाइनमेन्ट र ढाँचामा थुप्रै सुधार गर्नु पर्ने देखिएको एमालेले औंल्याएको छ।
‘कतिपय स्थानमा पहिल्यै बनेको स्थानीय सडकमा यसलाई जोडिएको, कतिपय ठाउँमा बस्ती नै नभएका निर्जन स्थानमा बाटो खनिएको र कतिपय ठाउँमा राजनीतिक दबाब र प्रभावका कारण यसलाई अनावश्यक घुमाउरो बनाइएको छ,’ एमालेले बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यसको एक हजार ८७९ किलोमिटर लम्बाइ राष्ट्रिय राजमार्गका दृष्टिले उपयुक्त नरहेको निष्कर्षमा साथ यसको ‘टेक्निकल अडिट’ गर्न, आवश्यकता अनुसार विभिन्न ठाउँमा पुनर्रेखाङ्कन ९रिअलाइनमेन्ट० गर्न, आवश्यक स्थानमा सुरूङ र भायाडक्ट ९अग्ला पुल०को प्रयोग गरी यसको समय र दूरी छोट्याउनुपर्ने देखिन्छ।
एमालेले ट्रयाक खोल्न बाँकी ठाउँमा तत्काल बाटो खोल्न पनि ध्यानाकर्षण गराएको छ।




