आगलागीबाट दक्षिण कोरियामा २२७ पसल जले

`

     २०८० माघ ०९ गते १:३२

सोल, ९ माघ । दक्षिण कोरियाको दक्षिणपश्चिम क्षेत्रस्थित एउटा समुद्री उत्पादन बजारमा भएको आगलागीमा २२७ पसल जलेर नष्ट भएका छन् । आगलागीमा कुनै मानवीय क्षति भने नभएको योनहाप समाचार एजेन्सीले अग्नि नियन्त्रक अधिकारीहरूलाई उद्धृत गर्दै मङ्गलबार जनाएको छ।

राति करिब ११ः०८ बजे आगलागी भएको थियो ।राजधानी सियोलबाट लगभग १७० किलोमिटर दक्षिणमा रहेको काउन्टीको परम्परागत समुद्री उत्पादन बजारमा आगलागी भएको हो ।

तीव्र हावा र बजारको खचाखच भरिएको संरचनाका बीच दमकललाई आगो निभाउन करिब नौ घण्टा लागेको थियो । बजारका २९२ पसलमध्ये २२७ पसल जलेर नष्ट भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?