नेविसंघका १७ जना कार्यकर्ता नियन्त्रणमा

`

     २०८० माघ ०७ गते १:०९

काठमाडौं, माघ ७ । निषेधाज्ञा हटाउन माग गर्दै माइतीघरमा प्रदर्शन गर्न पुगेका नेपाली कांग्रेस सम्बद्ध नेविसंघका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

आइतबार झन्डा र प्लाकार्डसहित माइतीघरमा प्रदर्शन गर्न पुगेका नेविसंघ कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनीहरूले ुमाइतीघरको निषेधाज्ञा खारेज गरु, ुअभिव्यक्ति स्वतन्त्रता कायम गरु नारा लगाएका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?