चन्द्रागिरिमा नगर प्रहरी परिचालन

`

     २०८० माघ ०५ गते १०:५५

काठमाडौF, ५ माघ । चन्द्रागिरि नगरपालिकाले नगर प्रहरीकोे व्यवस्था गरेको छ । नगरपालिकाले सशस्त्र प्रहरी बलको सहयोगमा पहिलोपटक २४ जना नगर प्रहरी छनोट गरी आधारभूत तालिम तथा दज्र्यानी चिह्न समेत प्रदान गरेको छ ।

तालिम सम्पन्न गरेका नगर प्रहरीलाई बिहीबार नगरप्रमुख घनश्याम गिरीको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल र सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक कमल गिरीले दज्र्यानी चिह्न प्रदान गरेका हुन् ।

सो अवसरमा उपप्रमुख बसन्ती श्रेष्ठ, नगरप्रवक्ता कृष्णप्रसाद खड्गीको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?