राष्ट्रियसभा निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन आयोगको निर्देशन

`

     २०८० माघ ०३ गते ३:२७

काठमाडौँ, ३ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएको हो ।

निर्वाचन व्यवस्थापनलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदानस्थललगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था मजबुद बनाउन निर्देशन दिइएको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?