पूर्णकालीन पदाधिकारी र सदस्यलाई पैसा दिन माओवादीमा प्रस्ताव

`

     २०८० माघ ०२ गते ५:५०

काठमाडौं, माघ २ । नेकपा (माओवादी केन्द्र) ले पूर्णकालीन पदाधिकारी र सदस्यहरूलाई पैसा दिन प्रस्ताव गरेको छ।

माओवादीले पूर्णकालीन कार्यकर्तालाई निर्वाह खर्च व्यवस्था गर्न प्रस्ताव गरेको हो।

उपाध्यक्ष पम्फा भूसालको संयोजकत्वमा रहेको विधान मस्यौदा समितिले परिभाषित जिम्मेवारीसहित पूर्ण समय पार्टी काममा लगाउने व्यक्तिलाई सम्बन्धित समितिले निर्वाह खर्चको व्यवस्था गर्ने प्रस्ताव गरेको हो।

मस्यौदा आगामी फागुन १ देखि ३ गतेसम्म हुने विधान अधिवेशनमा प्रस्तुत हुने माओवादी केन्द्रले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?