काठमाडौं, माघ २ । नेकपा (एमाले)का ६ जना सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्।
मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले दीपक कार्की, तुलसी न्यौपाने, रामअवतार यादव, केशव पाण्डे, विनोदकुमार शाह र दामोदर भण्डारीलाई केन्द्रीय सदस्यको शपथ गराएका हुन्।
उनीहरू २६ औं सचिवालय बैठकबाट केन्द्रीय सदस्य मनोनीत भएका थिए।




