भूगोल पार्कमा काठमाडौं महानगरद्वारा आयोजित भूकम्प स्मृति सभा सम्पन्न

`

     २०८० माघ ०२ गते १२:२५

काठमाडौं, २ माघ । काठमाडौं महानगरपालिकाको आयोजित २६औं भूकम्प स्मृति सभा सम्पन्न भएको छ । महानगरपालिकाले नयाँ सडकस्थित भूगोल पार्कमा आयोजना गरेको सभामा भूकम्पीय कम्पनका कारण भौतिक संरचना भत्किएर ज्यान गुमाएका व्यक्तिहरुको स्मृति गरिएको थियो ।

१९९० साल माघ २ गतेको बिनाशकारी भूकम्पले पुर्‍याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?