आजदेखि राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू

`

     २०८० माघ ०२ गते १०:२१

काठमाडौँ, माघ २ । माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को अनुसार आयोगबाट माघ २ गतेदेखि माघ १२ गतेसम्म सम्बन्धित सबै व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागु हुने जानकारी दिएको छ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सदस्यको आगामी फागुन २० गते रिक्त हुने १९ पदका लागिे निर्वाचन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?