काठमाडौं, पुस २९ । निर्वाचन आयोगले माघ २ गतेदेखि निर्वाचन आचारसंहित लागू गर्ने भएको छ।
आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार माघ २ गतेदेखि आचारसंहिता लागू हुने बताए। राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्न लागिएको हो।
राष्ट्रिय सभाको १९ सिटका माघ ११ गते चुनाव हुँदैछ। जसका लागि आठ दलबाट ५२ जनाले उम्मेदवारी दिएका छन्।
आयोगले निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क १) र खण्ड (छ), दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागू गर्न लागेको हो।
निर्वाचनको ४८ घण्टा अगाडि मौन अवधि सुरू हुने पनि आयोगले जनाएको छ।




