नागरिक उन्मुक्तिको अध्यक्षमा रेशमलाल चौधरीलाई सर्वसम्मत चयन

`

     २०८० पौष २७ गते ६:२७

काठमाडौं, २७ पुस । नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनले पार्टीको अध्यक्षमा रेशमलाल चौधरीलाई सर्वसम्मत चयन गरेको छ । यसअघि पार्टीको संरक्षक रहेका चौधरीलाई टीकापुरमा भएको पहिलो महाधिवेशनले सर्वसम्मत चयन गरेको हो ।

पुस २६ गतेदेखि टीकापुरमा जारी महाधिवेशनमा देशभरबाट आठ हजार प्रतिनिधि टीकापुर आएका छन् । यसअघि पार्टी अध्यक्षमा उनकी धर्मपत्नी तथा भूमि व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठ थिईन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?