नागरिक उन्मुक्ति पार्टीको अधिवेशन

`

     २०८० पौष २७ गते १:५५

काठमाडौँ, २७ पुस । नागरिक उन्मुक्ति पार्टीको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । कैलालीको टीकापुरमा जारी महाधिवेशनको बन्दसत्रमा निर्वाचन कार्यतालिका सार्वजनिक भएको हो ।

सर्वसहमति प्रयास जारी राखेर निर्वाचन प्रक्रिया अघि बढाइएको हो । निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारले मनोनयन दर्ता गरिरहेका छन् । उम्मेदवारको भीडभाड भएकाले पूर्वनिर्धारित समयमा मनोनय दर्ता सम्पन्न हुन सकेको बताइएको छ ।

अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरीको उम्मेदवारी परेको छ । हाल उनी पार्टीको संरक्षक छन् । अध्यक्ष अहिलेसम्म चौधरीबाहेक अन्यको उम्मेदवारी परेको छैन । वर्तमान अध्यक्ष एवं चौधरीकी पत्नी रञ्जिता श्रेष्ठले अहिलेसम्म मनोनयन दर्ता गराएकी छैनन् । अध्यक्षमा चुनाव हुने सम्भावना कम हुँदै गएको नेताहरू बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?