राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

`

     २०८० पौष २६ गते १२:१२

काठमाडौँ, पौष २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चेन सोङ्बीच भेटवार्ता भएको छ ।

बिहीबार बनस्थलीस्थित पार्टी कार्यालयमा भएको भेटघाटमा लामिछानेले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक खण्डको निर्माणमा ढिलाइ हुनुको विविध कारणबारे छलफल भएको छ ।

रास्वपाका अनुसार आयोजना छिटो सम्पन्न गर्न आफ्नो तर्फबाट आवश्यक पहल गर्ने राजदूत सोङले प्रतिबद्धता जनाएका छन् ।

रास्वपाले केही दिन पहिले पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवलमा ३ दिने दबाब यात्रा सम्पन्न गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?