काठमाडौं, पुस २५ । काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएको छ।
अघिल्लो कार्यपालिकाको बैठकबाट निर्णयअनुसार आज नगरसभा गरिने तय भएपनि अन्तिम समयमा बैठक स्थगित भएको हो।
काठमाडौं महानगरपालिका-८ का वडाध्यक्ष आशमान संगतले नगरसभा स्थगित भएको जानकारी दिए।
तर, के कारणले स्थगित भएको भन्नेबारे भने आफूहरूलाई जानकारी नदिइएको वडाध्यक्ष संगतले बताए।




