कोशीको सभामुखमा उम्मेदवारी नदिने एमालेको निर्णय

`

     २०८० पौष २४ गते १२:१७

काठमाडौँ, २४ पुस । नेकपा एमालेले आज हुने कोशी प्रदेश सभाको सभामुख निर्वाचनमा उम्मेदवार नउठाउने भएको छ । मंगलबार बिहान बसेको नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो ।

सभामुखमा एमालेले उम्मेद्वारी नदिने र गठबन्धन बाहेकका उम्मेदवारलाई सघाउँने निर्णय भएको प्रमुख सचेतक रेवती भण्डारीले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?