त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दोस्रो पटक दरखास्त आह्वान

`

     २०८० पौष २३ गते १२:४४

काठमाडौं, पुस २३ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दोस्रो पटक दरखास्त आह्वान भएको छ।

यसअघि निकालेको सूचनामा उपकुलपतिको अनुभवसम्बन्धी बुँदालाई लिएर विवाद भएपछि उक्त सूचना रद्द गरिएको थियो।

प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपति अनुभवसम्बन्धी बुँदा हटाएर दायरा फराकिलो हुने गरी सूचना जारी गर्न सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई निर्देशन दिएका थिए। प्रधानमन्त्री दाहालले त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नहुने बताइरहेका छन्।

इच्छुक र योग्य व्यक्तिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइट धधध।mयभकत।नयख।लउ मा सूचनासँगै रहेको कार्यविधिमा उल्लेखित दरखास्त ढाँचामा १५ दिनभित्र दरखास्त पेश गर्न समितिले आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?