सिटौलाले गरे राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता

`

     २०८० पौष २३ गते ११:११

काठमाडौँ, पौष २३ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गरेका छन् ।

सोमबार बिहान कोशी प्रदेश निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा सिटौलाले उम्मेदवारी दर्ता गरेका हुन् ।

सिटौलाको प्रस्तावकमा कोशी प्रदेश सभा सदस्य प्रदीप सुनुवार र समर्थक हिमाल कार्की रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?