काठमाडौँ, २२ पुस । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायमा सबै नागरिकको सहज पहुँच पुर्याउन जरुरी भएको बताएका छन् ।
सर्वोच्च अदालतमा आज आयोजित श्रमसम्बन्धी केही महत्वपूर्ण फैसलाको सङ्ग्रह विमोचन समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले न्यायमा सहज पहुँच पुर्याउनका लागि अदालतले प्रयत्न गरिरहेको बताए ।




