गाउँमा विकास पुग्यो : राष्ट्रपति पौडेल

`

     २०८० पौष २० गते ३:४८

काठमाडौँ, पुस २० । राष्ट्रपति रामचन्द्र पौडेलले गाँउ-गाँउमा विकास र सुविधा पुगेपनि त्यही गतिमा सम्मानजनक रोजगारी र आर्थिक विकास हुन नसकेको बताएका छन् । उनले विकास र सुविधा आएपनि अब उपभोग गर्ने मान्छे कोही पनि नहुने हुन् कि भन्ने चिन्ता गर्नुपर्ने अवस्था आएको बताए ।

शुक्रबार तनहुँको भानु नगरपालिकामा रहेको पुर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विदेश मोहले गाउँ रित्तिदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

‘अबका दुई(चार वर्षमा यी सबै गाँउहरूमा कालोपत्रे सडक पुर्‍याउन हामी लागेका छौं । म भन्छु, त्यो पनि पूरा गरिन्छ । तर, समस्या उही हो, त्यो सुविधा उपभोग गर्ने मान्छे गाँउमा कोही रहने हुन् कि हैनन् रु विदेश मोहले लठ्ठिएका हामी आफ्नै नाभीको सुगन्ध खोज्दै भीरभीरै भौतारिने हाम्रो हालत छ,ु उनले भने । राष्ट्रपति पौडेलले अहिले मुलुकले भोगिरहेको मुख्य समस्या नै प्रतिभा पलायन र श्रम शक्तिको पलायन भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?