राष्ट्रिय सभाको निर्वाचनमा एमालेसँग गठबन्धन नहुने सभापति देउवाको दाबी

`

     २०८० पौष २० गते ११:३४

काठमाडौँ, २० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई पनि समेट्न लागेको प्रचारबारे सत्यता नभएको दाबी गरेका छन् ।

पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले एमालेसँग कुनैपनि गठबन्धन नहुने प्रष्ट पारेका हुन् ।‘एमालेलाई टीआरसी विधेयकमा सहमत गराउन यसअघि पनि संसदीय समितिदेखि सर्वोच्च अदालतको न्यायाधीशमासमेत भाग दिएका हौं । संसदीय समितिको सभापति लिनुअघि टीआरसीमा सहमति जनाउने प्रतिबद्धता थियो तर, समितिमा सभापति पाएपछि ओलीजीले कुरा फेर्नुभयो । अब उदारो सम्झौता हुँदैन’ देउवाले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?