काठमाडौँ, १९ पुस । दुई दिने नेपाल भ्रमणमा रहेको भारतका विदेशमन्त्री एस जयशंकरले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।
आज (बिहीबार) साँझ जयशंकर र ओलीबीच बत्तिसपुतलीस्थित होटल द्वारिकामा भेटवार्ता भएको हो । उनीहरूबीच दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको ओलीको सचिवालयले जनाएको छ ।




