सत्ता गठबन्धन र एमालेका शिर्ष नेताहरुबीच बालुवाटारमा छलफल

`

     २०८० पौष १८ गते ६:१०

काठमाडौँ, पौष १८ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका शिर्ष दलहरुबीचको छलफल शुरु भएको छ । बैठकका लागि एमाले अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

राष्ट्रियसभा निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ चार दलका नेताहरुसँग छलफल गरेपछि एमालेसँग छलफल गर्न लागेका हुन् ।

माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई केहि सिट दिन सत्ता गठबन्धन सहमत भए अनुसार सो विषयमा एमालेसँग अहिले छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?