आजपाका ७ कार्यकर्ता पक्राउ

`

     २०८० पौष १८ गते ५:०४

काठमाडौँ, १८ पुस । भन्सार विभाग घेराउका क्रममा प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । यस्तै प्रहरीको धरपकडमा १ जना घाइते भएका हुन् ।

भन्सार कानूनमा रहेको ४५ प्रतिशत पुरस्कारको प्रावधान हटाउन माग गर्दै आजपाले लगातार भन्सार विभाग घेराउ गर्दै आएको छ । सोही क्रममा बुधबार विभाग घेराउ गर्न पुगेका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

आजपाका अध्यक्ष प्रभु साहले भन्सार घेराउका क्रममा प्रहरीको धरपकड गर्दा तिलक थापा मगर, रञ्जु साह, आर्या पाण्डे, रुपेश दास, कनम सिंह, विकेश साह र पासाङ तामाङ पक्राउ परेका बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?