काठमाडौं, पुस १७ । नेपाली सेनामा सहायक रथीबाट उपरथी दर्जामा पदोन्नती भएका पवनराज घिमिरे र चोकबहादुर ढकालले दर्ज्यानी चिन्ह पाएका छन्।
सोमबार प्रधान सेनापति प्रभुराम शर्माले जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच घिमिरे र ढकाललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
दर्ज्यानी चिन्ह प्रदान गरी पदोन्नति भएसँगै उपरथी घिमिरे नेपाली सैनिक वार कलेजमा शिक्षाधिकृतको रूपमा नियुक्त भएका छन्।
उपरथी ढकाल सैनिक सचिव विभाग अतिरिक्त समूहमा नियुक्त भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।




