मुलुक र जनताका लागि नयाँ सङ्कल्प र सहमति प्रतिबद्धता गर्ने अवसर जुटाएको छ

`

     २०८० पौष १६ गते ६:०५

काठमाडौँ, पौष १६ । प्रधानमन्त्री एवं नेकपा (एकीकृत माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै दल र नेताहरू कुनै न कुनै रूपबाट बिपी कोइरालाको विचारबाट दीक्षित रहेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले भने, “कांग्रेसले यो कार्यक्रममा लोकतन्त्रका लागि योगदान गरेका सबै दलका शीर्ष नेतालाई आमन्त्रण गरेर मुलुक र जनताका लागि नयाँ सङ्कल्प र सहमति प्रतिबद्धता गर्ने अवसर जुटाएको छ, यसका लागि धन्यवाद छ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?