काठमाडौं, पुस १६ । बालकुमारी घटनामा ज्यान गुमाएकाहरूको न्याय माग्दै ललितपुरको ग्वार्कोमा विरोध र्याली निकालिएको छ।
दुई जना युवकको मृत्यु हुनेगरी प्रहरीले गोली चलाएको विषयमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र दोषीलाई कडा सजाय हुनुपर्ने र मृतकलाई सहिद घोषणा गर्नुपर्ने लगायतका माग राख्दै मृतकका आफन्तलगायतले र्याली निकालेका हुन्।
ग्वार्कोबाट ब्यानरसहित निकालिएको र्याली पाटन अस्पताल पुग्ने र त्यहाँबाट पुनः ग्वार्को पुगी श्रद्धाञ्जली सभामा परिणत हुने पीडितले बताएका छन्।




