भेडेटारमा खाना महोत्सव

`

     २०८० पौष १५ गते ६:५४

काठमाडौँ, पौष १५ । अङ्ग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको पर्यटकीय नगरी भेडेटारमा ११औं खाना महोत्सव आजदेखि सुरु भएको छ । होटल एसोसिएसन भेडेटारद्वारा आयोजित सो महोत्सव यही १७ गतेसम्म जारी रहने छ ।

कोशी प्रदेशको पर्यटन तथा वन वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले महोत्सवको शुभारम्भ गर्नुहँदै यस्ता महोत्सवले प्रर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्तः गरे । महोत्सवमा स्थानीय खाना, अग्र्यानिक खेतीबाट उत्पादित सागसब्जी, फलफूल, हस्तकला, कृषि तथा घरेलु सामग्रीको २५ कक्ष छन् । स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति महोत्सवमा रहने आयोजकले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?