राष्ट्रिय सभा चुनावमा तालमेल गर्ने कांग्रेसको निर्णय

`

     २०८० पौष १५ गते ३:५५

काठमाडौं, पुस १५ । नेपाली कांग्रेसले राष्ट्रिय सभा चुनावमा तालमेल गर्ने निर्णय गरेको छ।

पुस १२ गतेदेखि १४ गतेसम्म सानेपामा बसेको केन्द्रीय समिति बैठकले सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो।

‘राष्ट्रिय सभाको निर्वाचनका लागि सत्तारूढ गठबन्धनमा आबद्ध दलहरूको बीचमा हुने सहमतिका आधारमा साझा उम्मेदवार बनाउने’ भन्दै कांग्रेस चुनावी तालमेलको निर्णयमा पुगेको हो।

साथै कांग्रेसले पार्टीबाट उम्मेदवार छनोट गर्न मापदण्डसमेत बनाएको छ। माघ ११ मा हुने चुनावका लागि यही पुस २३ उम्मेदवारी दर्ताको कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?