काठमाडौँ, पौष १५ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो स्थापनाको २५औं बर्ष पुरा गरेको छ । २०५५ सालमा स्थापना भएको नागरिक उड्डयन प्राधिकरणले आज आफ्नो २५औं रजत जयन्ती मनाइरहेको छ ।
नागरिक उड्डयन प्राधिकरणको २५औँ वार्षिकोत्सव कार्यक्रममा महानिर्देशक प्रदीप अधिकारीले प्राधिकरण आर्थिक अवस्थाको जानकारी दिएका छन् ।
उनले पछिल्लो एक वर्षमा प्राधिकरणको सबै खर्च कटाएर खुद सञ्चालन मुनाफामा ३ अर्ब ४९ करोड १५ लाख रहेको बताएका छन् । उनले प्राधिकरणको आय एड्ओटिकलतर्फ ११ अर्ब ७२ करोड १७ लाख तथा नन्एड्ओटीकलतर्फ १ अर्ब ७८ करोड ८६ लाख गरी जम्मा १३ अर्ब ५१ करोड ३ लाख आम्दानी भएको बताए ।
त्यस्तै प्राधिकरणको पुँजीगत खर्च तर्फ ७ अर्ब ४४ करोड ३८ लाख, कार्यसञ्चालन खर्चतर्फ ४ अर्ब २२ करोड ९९ लाख ,आयकर तथा अन्य खर्च ४ अर्ब १५ करोड ५ लाख गरी १५ अर्ब ८२ करोड ८३ लाख खर्च भएको उनले जानकारी दिएका छन् ।




