सरकारले सोचेअनुरूप सफलता हात पार्न नसकेको मीन विश्वकर्माको स्वीकार

`

     २०८० पौष ११ गते ६:३६

काठमाडौँ, ११ पुस । नेपाली कांग्रेसका सूचना तथा प्रचार प्रसार बिभाग प्रमुख मिन बिश्वकर्माले गठबन्धको सरकारले सोचेअनुरुप सफलता हात पार्न नसकेको बताएका छन् ।

रफत सञ्चार क्लब भक्तपुरमा आयोजित सञ्चार संवाद कार्यक्रममा नेता बिश्वकर्माले बिगतका सरकारले भन्दा गठबन्धनको सरकारले केही काम गरेता पनि सोचअनुरुप काम गर्न नसकेको बताएका हुन् ।

लुम्बिनीमा बनेका उद्योग मन्त्रीका बिषयमा जनताले प्रदेशसभा सदस्य जिताएर पठाउँदासम्म कसैले केही नभन्ने र कुनै कमजोरी, उजुरी नपरेको भएतापनि हाल जनताले अनुमोदन गरेर पठएका प्रदेशसभा सदस्यमाथि मन्त्री बन्नसाथ अनावश्यक आरोप नलगाई तथ्य आरोपका आधार भए कारवाहीको भागी हुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?