काठमाडौं,१० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा सम्बोधन गर्दै उनले २८ दिनभित्र मेलम्चीको पानी ल्याउन सरकारले कार्ययोजना बनाएर काम गरेको बताए ।
उनले १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पुर्याउने लक्ष्यसहित २८ दिनको कार्यतालिका बनाएर काम भइरहेको बताएका हुन् ।
‘मेलम्चीको पानी काठमाडौंवासीले उपयोग गर्ने सपना अधुरो रहेको हामी सबैले बुझेका छौं, मैले मेलम्चीको समस्याको बारे सबैसँग छलफल पनि गरेँ। मेलम्चीको पानी काठमाडौं आउँदैन भन्ने भाष्यलाई गलत सावित गर्नुछ। १७ करोड लिटर पानी एक महिनाभित्र सुन्दरीजलमा पुर्याउने लक्ष्यसहित २८ दिनको कम्प्याक्ट योजना लिएर अहिले हामी काम गरिरहेका छौं,’ उनले भने।




