जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ

`

     २०८० पौष ०८ गते ६:३३

काठमाडौँ, पुस ८ । प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटकको जहाज खरिदलाई पारदर्शी बनाउन निर्देशन दिएका छन् । उनले जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न निर्देशन दिए ।

जहाज खरिद पारदर्शी बनाउन प्रधानमन्त्री दाहालको निर्देशन

‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ । यसपटक यस्तो गल्ती नहोस् । जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन्,’ प्रधानमन्त्री दाहालको निर्देशन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?